पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

कोसी प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना

२०८० फाल्गुण ३, बिहीवार ०८:४६ बजे

काठमाडौं : देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपात हुने भएको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।
विभागले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
काठमाडौंको मौसम आज सफा रहने विभागले जनाएको छ । हिजो दिनभर बदली रहेको काठमाडौंको मौसम आज सफा हुने विभागको भनाइ छ । विभागले राति कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।