पाठशाला न्यूज
 २०८१ बैशाख २७, बिहीबार    

सिरियामा इजरायलले आक्रमण गरेपछि इरानको खतरालाई लिएर अमेरिका उच्च सतर्कतामा

२०८० चैत्र २५, आईतबार ००:३२ बजे

तस्वीर: दमास्कसमा इरानको वाणिज्य दूतावास ध्वस्त पार्ने इजरायली हवाई आक्रमण(एपी)

एजेन्सी– संयुक्त राज्य अमेरिकाले सम्भावित इरानी हमाला बिरुद्ध उच्च सतर्कता अपनाएको छ । 

सिरियामा रहेको इरानी दूतावासमा इजरायलले गरेको आक्रमणको जवाफमा इरानले यस क्षेत्रमा इजरायली वा अमेरिकी सम्पत्तिलाई लक्षित गरी सम्भावित आक्रमणको तयारी गरिरहेको कुरा एक अमेरिकी अधिकारीले शुक्रबार समाचार एजेन्सी रोयटर्सलाई अभिव्यक्त गरेका थिए।‌

अधिकारीले सीएनएनको रिपोर्टको पुष्टि गर्दै अर्को हप्तामा आक्रमण हुन सक्छ भन्ने कुरा व्यक्त गरेका छन्। 

संदिग्ध इजरायली युद्धक विमानले इरानको दूतावासमा बम प्रहार गरेपछि सोमबार दमास्कसमा भएको आक्रमणमा इरानी सैन्य कमाण्डरको मृत्यु भएको थियो।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले उक्त हमलामा एक वरिष्ठ मोहम्मद रेजा जाहेदी सहित सात इरानी सैन्य सल्लाहकारको मृत्यु भएको जनाएको छ।

यस लगत्तै इरानले "निर्णायक प्रतिक्रिया लिने" अधिकार सुरक्षित रहेको बताएको छ।

यससँगै अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग फोन कलमा इरानी हमालाको खतराबारे छलफल गरेका थिए।