पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

गजल

२०८० श्रावण २७, शनिवार १९:५८ बजे

सुशिल पराजुली

तिमीले सोचे झै अँह,मेरो आँत गलेको छैन !
थाके होलान् यि आँखा, तर रात ढलेको छैन !!

विश्वासमा सास नहुँदा, मायाको धागो चुडियो !
घातले मुर्छित यो मनमा, कुनै दिप बलेको छैन !!

म हारेँ जित्यौ तिमीले, हार जितको दुनियाँमा !
बाजी हारेको यो मुटु, पहिले झैं चलेको छैन !!

देखिन्न बाहिरी घाऊ, भित्रको झनै देखिन्न !
हाम्रो पिरतीको दियो, धेरै भो जलेको छैन !!

त्यागेर गयौ त्यो आँगन, आफैंले रोपेको फूल !
फूल नै फूल्दैछ बोटमा, ऐजेरु फलेको छैन !!