पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

कांग्रेसले प्रदेश समितिलाइ पठायो रौतहटको सम्भावित उम्मेदवारहरुको नामावली

२०७९ भाद्र २२, बुधबार १७:४६ बजे

रौतहट–अगामी मंसिर ४ मा हुन गइरहेको निर्वाचनका लागि रौतहट जिल्लामा रहेका प्रतिनिधि सभाको ४ सिट र प्रदेश सभाको ८ सिटको लागि प्रत्यक्ष चुनाव लड्ने सम्भावीत उम्मेदवारको नामावली नेपाली कांग्रेस रौतहटले प्रदेश समितिलाई पठाएको छ ।
क्षेत्रिय समितिको सिफारिसको आधारमा प्राप्त भएको सम्भावित उम्मेदवारको नामावलीलाई नेपाली कांग्रेस जिल्ला समिति रौतहटले निर्णय गर्दै प्रदेश समितिलाई नामावली पठाईएको नेपाली कांग्रेसका जिल्ला सभापति सुनिलकुमार यादवले पाठशाला न्युजलाई जानकारी दिएका छन् ।
रौतहट क्षेत्र नम्वर १ प्रतिनिधि सभाको लागि कृष्णप्रसाद यादवको एकल नाम सिफारिस गरिएको हो । निर्वाचन क्षेत्र नम्वर २ प्रतिनिधि सभाको लागि निलम्वीत सांसद मोहम्मद आफताव आलम र अन्जु झा लाई सिफरिस गरिएको छ । त्यसैगरी क्षेत्र नम्वर ३ प्रतिनिधि सभाको लागि कृष्णप्रसाद यादव, सुनिलकुमार यादव र ओमप्रकाश जयसवालाई सिफारीस गरिएको छ । निर्वाचन क्षेत्र नम्वर ४ प्रतिनिधि सभाको लागि देवप्रसाद तिमलसिना, रविनचन्द्र कोइराला, मिथिलेशकुमार मिश्र, शेख अमिरुल, कल्याण कार्की र सन्ध्या देवीको नाम सिफारिस गरिएको बताइएको छ । यस्तै प्रदेश सभाको जिल्लामा रहेको ८ क्षेत्र मध्ये रौतहट निर्वाचन क्षेत्र नम्वर १ को (क) मा. कृष्णप्रसाद यादव, नागेन्द्र साह । त्यसैगरी (ख) बाट कृष्णप्रसाद यादवको एकल नाम सिफारिस भएको छ । निर्वाचन क्षेत्र नम्वर २ को (क) बाट सकिल अख्तर, लालविहारी साह, लालबाबु जयसवाल, शेख रासिद अली र पंकज सिन्हा को नाम सिफारिस गरिएको छ । क्षेत्र नम्वर २ को (ख) बाट रामचन्द्र गिरीको एकल सिफारिस भएको बताइएको छ ।
यसैगरी निर्वाचन क्षेत्र नम्वर ३ को (क) मोहम्मद फिरोज आलम, बालमिकी प्रसाद यादव, राममंगल प्रसाद यादव, जवाहरलाल प्रसाद यादव र मोहम्मद शेराजकोनाम सिफारिस गरिएको छ । क्षेत्र नम्वर ३ को (ख) मा सुनिलकुमार यादव, नविनचन्द्र यादव, राजकिशोर प्रसाद साह, उमेश राय यदाव र भैरो लाल महतोको नाम सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्र नम्वर ४ को (क) मा धनलाल ठोकर, अजय कुमार साह, लेखनाथ कोइराला, जितेन्द्र चौधरी, संजयकुमार कार्की, सुर्य बहादुर थापा, केदार थापा, अधिकलाल चौधरी, मुकेश गिरी, गिता भारती गरी १० जनाको नाम सफारिस भएको छ भने निर्वाचन क्षेत्र नम्वर ४ को (ख) मा कृष्णप्रसाद यादव, लालबाबु प्रसाद यादव, संजय यादव, गोविन्द साह, मोहम्मद जमसैद, शेख नजबुल्लाह, रामकृष्ण चौधरी, लक्ष्मण साह, लालबाबु सहनी, रामवशिष्ट राय यादव, उपेन्द्र साह र चुनचुन साह गरी १२ जना सम्भावित उम्मेदरवारको नाम सिफारिस सहित मधेश प्रदेश कार्यालयमा पठाइएको जिल्ला समिति रौतहटले जनाएका छन् ।
समानुपातिक तर्फ
निर्वाचन क्षेत्र नम्वर १ प्रतिनिधि सभाको लागि रामकृपाल यादव, नरेन्द्र पासवान, भुवनी गिरी श्रेष्ठ र विन्दा साहनीको नाम सिफारिस गरिएको छ । निर्वाचन क्षेत्र १ को (क) मा शान्ति देवी, शम्भु प्रसाद यादव, डा.शाखान खातुन,चिरञ्जीवी प्रसाद सिंह, रामवशिष्ट राय यादव, प्रकाश कुमार सिंह, अनिताकुमारी साह, अम्बिका कुमारी गुप्ता र काशीलाल चौधरी र (ख) मा सन्तुप्रसाद यादव, इन्दुकुमारी साह, नितेशकुमार गुप्ता, नजमा खातुन, सोविता सहनी, जिरमन्ति दवी यादव, सन्तलाल साह, हरेन्द्र राय यादव, रेणु यादवको नाम सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्र नम्वर २ प्रतिनिधि सभा तर्फ समानुपातिकमा सम्भावित उम्मेदवारहरु रामलोचन प्रसाद कलवार, जफिरा खातुन, धर्मेन्द्र पासवान, अन्जु झा प्रदेश तर्फ (क) मा मोहम्मद महताव आलम, गृषनन्दन कुमार सिंह, जमुना ठाकुर, प्रेमकुमार यादव, शेख फजरुल्लाह, निकहत वेगम, कौशर आलम, जुहीकुमारी झा, सामा अख्तर र रामलोचन प्रसाद कलवार र (ख) मा रामचन्द्र गिरी, साहजहा वेगम, बचिया देवी, रेणुकुमारी यादव, सुरेश प्रसाद पटेल, मोसिमा वेगम, नवलकिशोर साह, शर्मिला देवीको नाम समावेश गरिएको छ ।
निर्वाचन क्षेत्र नम्वर ३ प्रतिनिधि सभा समानुपातिक तर्फ निर्मला सुवेदी, फिरोज आलम, प्रदेश (क) तर्फ बालमिकी प्रसाद यादव, ज्ञानेन्द्र प्रसाद यादव, पवनराज गिरी, रामएकवाल राय यादव, शेख फैज अहमद, शेख कमरुद्दिन, आशाकुमारी यादव, शेख सनाउल्लाह, रमेशप्रसाद खरेल इन्दिरा देवी चौधरीर र मोहम्मद शेराजको नाम सिफारिस गरिएको छ । (ख) तर्फ सुनिलकुमार यादव, निलम देवी, ह्दयनारायण राय यादव, रंगिला देवी जयसवाल, सुनिता देवी यादव, सति देवी, महादेव साह, जोगिन्द्र राय, उमाकान्त सहनी, उमेश चौधरी र प्रकाश श्रेष्ठको नाम सिफारिस गरिएका छन् ।
निर्वाचन क्षेत्र नम्वर ४ प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिक तर्फ सरस्वती गिरी, अनिता कर्ण, अनन्त कोइराला र लक्ष्मि बरालको नाम सिफारिस गरिएको छ । प्रदेश तर्फ (क) मा सुबास कोइराला, सपुतबहादुर कार्की, श्रृष्टि श्रेष्ठ, भागरिथ दास तत्मा, चन्द्रकुमारी गुरुंग, माहानन्द राय यादव, गणेश प्रसाद चौलागाई, सानुमाया ठोकर, प्रमोद हजरा, शैलेन्द्र चौधरी, विनोद गुप्ता तथा (ख) तर्फ शम्भु पटेल, सुनिता श्रेष्ठ, शेख तवारक, शेर मजिद, रोज महम्मद, विश्वनाथ राम यदाव, अदुद मिया कवारी, नेक महम्मद, इन्दल दास र गजेन्द्र पालको नाम सिफारिस गरिएको छ ।
नेपाली कांग्रेसले सबैलाई सन्तुष्ट हुने गरी जिल्लाबाट नाम सिफारिस गरेको छ तर टिकट दिने नदिने सर्वाधिकार मधेश प्रदेश समितिको समन्वयमा केन्द्र संग रहेको श्रोतले जनाएको छ ।