पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने

२०८० मंसिर २२, शुक्रबार १०:२६ बजे

काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने तयारी गरेको छ । उक्त समीक्षा स्वीकृतिका निम्ति सञ्चालक समितिको बैठक जारी छ ।
राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा रहेको व्यवस्थापन समितिले हिजो दिउँसो समीक्षा पारित गरिसकेको छ । सञ्चालक समितिको बैठकबाट पारितपछि आजै पहिलो त्रैमासिकको समीक्षा सार्वजनिक गर्ने तयारी छ । विगतमा राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा कात्तिक मसान्तभित्र सार्वजनिक गर्ने गरेको थियो । यो वर्ष करिब एक महिना ढिलो भइसकेको छ ।