पाठशाला न्यूज
 २०८१ बैशाख १४, शुक्रबार    

जन ज्योतिका शिक्षक खनाल कमिशन पाउने दाउमा हिडेपछि...

२०८० बैशाख १२, मंगलबार १७:०९ बजे

दिपु मिश्र
चन्द्रनिगाहपुर–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित जन ज्योति माध्यामिक बिद्यालयका एक शिक्षकले कमिशनको भरमा विद्यार्थीलाई पुस्तक विक्रि गरेको पाईएको छ ।
कक्षा ९ र दशको पाठ्यपुस्तकलाई सहयोग मिल्ने नेपाली व्याकरणको (राम्रो नेपाली व्याकरण र रचना) नामक पुस्तक कमिशनको भरमा सोही विद्यालयका शिक्षक लक्ष्मण खनालले विक्रि गरेको विद्यार्थीहरुको भनाई रहेको छ । शिक्षक खनालले प्रकाशक र पुस्तक पसलबाट निश्चिित कमिशन पाउने प्रलोभनले सो विद्यालयका विद्यार्थीलाई पुस्तक विक्रि गरेको तथ्य सार्वजनिक भएको छ ।


विद्यार्थी स्वयमले पुस्तक पसलबाट ३ सय ८० रुपैंया पर्ने सो नेपाली व्याकरणको पुस्तकलाई खरिद गर्दा केही सहुलियत रकममा पाउने भएकोले शिक्षक खनाल आफै कमिशन पाउने दाउमा हिडेको कक्षा ९ का एक जना छात्रले पाठशाला न्युजलाई जानकारी दिएका छन् ।
सोही बिषयमा जन ज्योति माध्यामिक विद्यालयका अध्यक्ष देवराज कार्की संग बुझ्दा यो बिषयमा आफुलाई केही जानकारी नरहेको र भोलि बिद्यालयमा सेही शिक्षकसंग सोधपुछ गर्ने उनको भनाई रहेको छ ।
विद्यालयका प्रधानाध्यापक देवनारायण हुमागाईलेभने आफु बाहिर बाट आजै रौतहट फर्किएको र यस बिषयमा मैले पनि केही कुरा सुनेको बताए । यदि यस्तो भएको खण्डमा भोलि बुधबार विद्यालयमा बिक्रि गर्ने शिक्षक र खरिद गर्ने विद्यार्थीहरुलाई राखेर पुस्तक फिर्ता गराउने जानकारी दिएका छन् ।