पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

देशलाई यथास्थितीबाट परिवर्तन गर्न खाँचो छ–सांसद मनिष कुमार झा

२०८० श्रावण ६, शनिवार २३:०६ बजे

चन्द्रपुर–राष्ट्रिय स्वतन्त्र पार्टीका साँसद मनिष कुमार झाले देशलाई यथास्थितिबाट परिवर्तन गर्न रास्वपा लागिपरेको बताउनुभएको छ ।
सो पार्टीको शनिबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित प्रथम नगर भेला उदघाटन कार्यक्रममा बोल्दै प्रमुख वक्ता साँसद झाले सो कुरा बताउनुभएको हो । देशमा भ्रष्टाचार नियन्त्रण,विकास र सुसासनका लागि रास्वपा सधै अडिग रहने जनाउँदै नेता झाले विगत ३३ वर्षदेखि देश सिमित दलले जनता र देशका लागि केही गर्न नसकेको आरोप लगाउँदै पुराना दलहरुले सधै यथास्थितिको पक्षपोषण गर्दै आएकाले रास्वपा नयाँ नेपाल बनाउन लागि परेको जिकिर गर्नुभयो । जनताको पक्षमा काम गर्न दृढ रहेको रास्वपाका साँसदले सदनमा जनताको समस्या र हितका कुरा उठाउने नछाड्ने जनाउनुभयो ।
‘नागरिकता विधेयकले दुईवटा कुरामा विभेद गरेको जनाउँदै साँसद झाले छ देशका एउटै सन्तानप्रति भेदभाव भएकोमा नसच्याएसम्म रास्वपाको सधै विरोध रहिरहने धारणा राख्नुभयो । अङ्गीकृत नागरिकताका सन्दर्भमा विहे गरेर आएको विदेशी चेलीबाट जन्मने सन्तानलाई सवै अवसर पाउने तर नेपाली चेलीले विदेशीसंग विहे गरेकाबाट जन्मिएका सन्तानलाई कुनै अधिकार नरहने प्रति रास्वपाको असहमति रहेको उहाँको कथन थियो ।

त्यस्तै,बावुको पहिचान नखुलेका सन्तान भनेर दिइने नागरिकताले त्यस्ता नागरिकता पाउने नागरिकलाई मानसिक रुपमा असहज हुने प्रति रास्वपाले सच्चाउन आग्रह गरेको जनाउनुभयो ।
त्यसैगरी,रास्वपाकै अर्का साँसद अर्का वक्ता डा.चन्दा कार्कीले नेपालको राजनीतिलाई सफा गर्न र सहि दिशामा लान समाजका हरेक पेशा र क्षेत्रका ब्यक्तिहरु लागि पर्नुपर्ने खाँचो रहेको औंल्याउनुभयो । कार्यक्रममा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलगाएतका अधिकाँश वक्ताले रास्वपाको देश बनाउने अभियानमा सवैलाई एकताबद्ध हुन आग्रह गर्नुभएको थियो ।
नगर भेलाले सुरेन्द्र सापकोटाको संयोजकत्वमा ११ सदस्यीय कार्य समिति चयन गरेको छ ।