पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

पेट्रोलियम पदार्थको मूल्य लिटरमा दुई रूपैयाँले बढ्यो, एलपी ग्यासको मूल्य यथावत

२०८० फाल्गुण ३, बिहीवार २२:२२ बजे

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको लिटरमा दुई–दुई रूपैयाँ बढेको जानकारी दिएको छ । निमगका अनुसार खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ ।
आज बिहीवार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।