पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

आठ जना डीएसपी एसपीमा बढुवा सिफारिस

२०८० चैत्र १५, बिहीबार ०८:०४ बजे

काठमाडौं : नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बुधबार बसेको बैठकले ८ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
प्रहरी प्रधान कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राईका अनुसार डीएसपीहरु ढेकेन्द्र खतिवडा, अंगुर जीसी, यादव ढकाल, सन्तोष तामाङ, निरन्जन दत्त भट्ट, श्यामबाबु ओलिया, राजन लिम्बु र विनोद घिमिरेलाई एसपीमा बढुवाको लागि सिफारिस गरिएको छ ।