पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

विश्व बैंकद्वारा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले सुधार हुने प्रक्षेपण

२०८० आश्विन १७, बुधवार १३:१८ बजे

काठमाडौँ - विश्व बैंकले आर्थिक वर्ष २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले सुधार हुने प्रक्षेपण छ । यसअघि आ.व २०२३ मा विश्व बैंकले १.९ प्रतिशतको वृद्धि अनुमान गरेको थियो ।

‘नेपाल विकास अपडेट : निर्यातको प्रतिस्पर्धात्मकता पुनर्स्थापना’ ले आ.व २०२५ सम्ममा नेपालको अर्थतन्त्र ५ प्रतिशतले बढ्ने अनुमान गरेको मंगलबार सार्वजनिक विकास अपडेटमा उल्लेख छ । 

बैंकले अर्धवार्षिक रूपमा सार्वजनिक गर्ने प्रतिवेदन अनुसार नेपालको अर्थतन्त्रको वृद्धिदर हटाइएको आयात प्रतिबन्ध, पर्यटनमा फर्कँदो उत्साह र मौद्रिक नीतिमा क्रमश: बढाइएको खुकुलोपन लगायतका कारण सुधार हुने अपेक्षा गरिएको छ । यद्यपि, अनियमित वर्षाका कारणले कृषि उपज उत्पादनको वृद्धिमा हुन सक्ने क्षति, भारतको निर्यात प्रतिबन्ध, उपभोग्य वस्तुमा हुनसक्ने मूल्यवृद्धि र उच्च मुद्रास्फितिका कारण बढ्दै जाने नीतिगत दर, आन्तरिक ऋण व्यवस्थापन खर्च र वृद्धिमा हुन सक्ने ढिलासुस्ती लगायतका जोखिमहरू विद्यमान रहेकोतर्फ पनि प्रतिवेदनले ध्यानाकर्षण गराएको छ ।