पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

राष्ट्रिय स्वतन्त्र पार्टीको पहलमा मृत शरिर परिवारलाई जिम्मा लगाईयो

२०८० श्रावण २७, शनिवार ००:३३ बजे

काठमाण्डौं–राष्ट्रिय स्वतन्त्र पार्टीको पहलमा भारतको मुम्बई देखि नेपाल सम्म मृतकको शरीर परिवार लाई जिम्मा लगाइएको छ ।
केही दिन अगाडि रौतहट जिल्ला राजदेवी नगरपालिका वडा नम्बर –४ बसत्पुर का बिगन महराको २३ बर्षिय छोरा भावेश रामको भारतको मुम्बईमा रेलको ठक्करबाट मृत्यु भएको थियो । दुर्घटना को खबर पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी का प्रवास नेपाली सम्पर्क विभाग महाराष्ट्र राज्यका सभापति राज रोकायाले नेपालमा सम्पर्क गरी मृतकको शरीर लाई बिहीबार नेपाल पठाएको राष्ट्रिय स्वतन्त्र पार्टी रौतहटका क्षेत्रिय सदस्य जनकराज भारतीले जानकारी दिएका छन् ।

भारतको सीमाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका मधेस प्रदेशका प्रवक्त रन्जित राम, क्षेत्रिय सदस्य नवीन कुमार यादव,रमेश कुमार यादव र स्थानीय व्यक्तिहरुको सहयोगले मृतकको शरीर परिवार समक्ष पुर्याएर सहयोग गरेको भारतीले बताएका छन् ।