कविता
प्रायोजित मान्छे
-लक्ष्मण आचार्य
न लय छ
न लवज छ
टोल टोलमा बाँस्छन्
नपुंसकहरू
धरमर धरमर देख्छु
सिद्धान्तको बाटो
निगुरो
जन्मदै उँधमुन्टी जन्मन्छ
उन्युँ : नफुल्नलाई उम्रन्छ
गन्धेझार : गन्ध फैलाउनलाई गाँजिन्छ
हल्ला गर्छन्
बाटो चौबाटोमा चिया पसलहरू
गैर सैद्धान्तिक बहसहरू उरालेर
प्रायोजित मान्छे
बाङ्गो खुट्टा घुमाउँदै बैशाखी टेक्छ
बाङ्गै हिँड्छ
र
बाङ्गै हिँडाउन खोज्छ युगलाई