पाठशाला न्यूज
 २०८१ बैशाख ७, शुक्रबार    

वडा नम्बर ५ का वडा सभापति कार्कीलाई कार्वाही,उपसभापति थापा कार्यवाहक सभापतिमा न्युक्त

२०७९ पौष १४, बिहीबार १४:३२ बजे

दिपु मिश्र
चन्द्रनिगाहपुर–नेपाली कांग्रेस चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का वडा उपसभापति बिष्णु बहादुर थापालाई कार्यबाहक सभापतिमा न्युत गरिएको छ ।
हालसालै सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा (२०७९) को निर्वाचनमा अनाधिकृत गतिविधि एवं नेपाली काग्रेंस पार्टि प्रति बफादार नभएर अन्य दलहरु संग साठगाठमा संलग्न भएकोहुदा चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का वडा सभापति कल्याण कार्कीलाई पार्टिले कार्वाही गरी उपसभापति थापालाई कार्यवाहक सभापतिमा न्युक्त गरिएको नेपाली कांग्रेस चन्द्रपुर नगरका सचिव गणेश चौलागाईले जानकारी दिएका छन् ।


नव न्युक्त कार्यवाहक सभापति थापालाई पार्टिप्रति आफ्नो जिम्मेवारी ईमान्दारीपुर्वक गरी पार्टिको गतिबिधिलाई सक्रियरुपमा संञ्चालन गर्न चन्द्रपुर नगरका नगरसभापति मुकेश गिरीले अनुरोध गरेको छ ।