पाठशाला न्यूज
 २०८१ बैशाख १४, शुक्रबार    

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

२०८० जेठ १५, सोमबार २२:४४ बजे

चन्द्रनिगाहपुर–रौतहटको चन्द्रपुर नगरपालिकाका वडा नम्बर ४ स्थित वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार १६ औं गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाले आयोजना गरेको बृहत रक्तदान कार्यक्रमको उदघाटन गदै नगर प्रमुख काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनु भएको छ ।
नजिकै आउदै गरेको नगर सभाबाट नै रेडक्रसको भवन निमार्ण गर्न प्रस्ताब गरेर लैजाने नगर प्रमुख काफलेले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए । एक महिला सहित ४१ जनाले रक्तदान गरेको उपशाखाका सचिब लालबाबु साहले जानकारी दिनुभएको छ ।
नेपाल रेडक्रस सोसाइटी रौतहट उपशाखा र चन्द्रपुर अस्पताल प्रालिको प्राबिधिक सहयोगमा सो रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिब झरेन्द्र प्रसाद चापागाई,नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाका मन्त्री धर्मेन्द्र सिंह,सल्लाहकार समितिका सदस्य अमर बहादुर आले,रक्त संचार शाखा प्रमुख संजय यादब ,चन्द्रपुर अस्पतालका संचालक डा.सुवास चौधरी,सिभिल अस्पतालका संचालक राजन साह लगायतकाहरुको सहभागिता रहेको थियो ।