पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

नागढुंगा–नौबिसे सुरुङको रेस्क्यु टनेल ‘ब्रेक थ्रु’

२०८० श्रावण २२, सोमवार १७:०६ बजे

काठमाण्डौ–नेपालकै पहिलो आधुनिक सुरुङमार्ग नागढुंगा सुरुङमार्गको सहायक (रेस्क्यु टनेल)को ‘ब्रेक थ्रु’ भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले रेस्क्यु टनेलको ब्रेक थ्रु गरेका हुन् ।
विभाग वैदेशिक महाशाखाका प्रमुख विजय जैसीका अनुसार आयोजनाअन्तर्गत दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु र दुई हजार ६ सय ८८ मिटर लामो मुख्य सुरुङमार्ग निर्माण भइरहेका छन् । त्यसमा मुख्य टनेलको भने पाँच सय ६ मिटर खण्ड खन्न बाँकी छ ।
जापानिज निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेसनले यो आयोजनाको निर्माण गरिरहेको छ । २०१९ अक्टोबर २१ मा शिलान्यास भएको आयोजनाको साढे तीन वर्षमा सहायक सुरुङमार्गको ब्रेक थ्रु हुन लागेको हो ।
आगामी अप्रिल ०२४ भित्र कम्पनीले आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने म्याद छ । तर, त्यस अवधिमा आयोजनाको निर्माण कार्य नसकिने बताइएको छ ।