पाठशाला न्यूज
 २०८१ बैशाख २३, आईतबार    

पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन

२०८१ बैशाख ६, बिहीबार ०७:२९ बजे

काठमाडौं- पूर्व मुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ । स्व शाक्यका दुई छोरी र दुई छोरा छन् । श्रीमतीको करिब तीन महिनाअघि मात्र निधन भएको थियो ।

नेपाल कानून समाजका अध्यक्षसमेत रहेका शाक्यको क्यान्सर रोगको उपचारका क्रममा बुधवार बिहान ग्वार्काेस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो ।

लोकसेवा आयोगका पूर्वअध्यक्ष शाक्यको ८१ वर्षको उमेरमा निधन भएको हो । उनी डेढ महिनाअघि मात्र भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका थिए । नेपालको कानूनको मस्यौदा कार्यमा दख्खल प्राप्त गरेका उनी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवसमेत थिए ।

पूर्वसचिव गोपीनाथ मैनालीका अनुसार लोक सेवा आयोगमा रहँदा उनको नेतृत्वमा पदपूर्ति प्रणालीमा सुधारका थुप्रै काम भएका थिए ।