पाठशाला न्यूज
 २०८१ वैशाख ३१, सोमवार    

नेपाल पत्रकार महासंघ रौतहट शाखामा अनिश्चितकालीन तालाबन्दी

२०८० श्रावण १५, सोमवार २१:०१ बजे

रौतहट–नेपाल पत्रकार महासंघ रौतहट शाखामा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।
रौतहटमा पत्रकार महासंघमा लामो समयदेखिको विवादले आइतबारबाट सो कार्यालयमा अनिश्चितकालका लागी संघका सदस्यसहित क्रियाशिल पत्रकारहरुले ताला लगाएका हुन् । पछिल्लो समय पत्रकार महासंघको नयाँ सदस्यता र सदस्यता नविकरण विवादले यो अबस्था सिर्जना भएको पत्रकारहरुले बताएका छन ।

नेपाल पत्रकार महा संघ रौतहटमा आबद्ध सदस्यहरु र क्रियाशिल पत्रकार संघर्ष समितिको संयुक्त आयोजनामा महासंघको गौर स्थित कार्यालयमा ताला लगाइएको बताइएको छ ।
महासंघको बिधान विपरित मनोमानी ढंगले कार्य समितिको बैठक नै नबसि जातीवाद पार्टीबाद नाताबादका आधारमा रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले प्रदेश समितिमा गरेको सिफारिसको बिरोधमा तालाबन्दी गरिएको उनीहरुले बताएका छन । निष्पक्ष पत्रकारिता क्षेत्रमा लगनसिल पत्रकारहरुलाई सदस्यता दिनु पर्ने संघर्ष समितिको माग रहेको छ ।
रौतहटका सक्रिय पत्रकारहरुलाई सदस्यता वितरणबाट बञ्चित गराएर आफ्ना आसेपासेहरुलाई सदस्यता वितरणमा सिफारिस गरेकाले यसलाई सच्याएर पत्रकार पेशामा नै लागेका ब्यक्तिहरुलाई सदस्यता नदिएसम्म ताला नखोलिने क्रियाशिल पत्रकार संघर्ष समितिले जनाएको छ ।