पाठशाला न्यूज
 २०८१ बैशाख २९, शनिबार    

दीपेन्द्र के खनालको फिल्म ‘मेयर’मा शीर्ष अभिनेत्री वर्षा राउत

२०८० माघ २५, बिहीबार ०९:२७ बजे

काठमाडौं : दीपेन्द्र के खनालको आगामी फिल्म ‘मेयर’को शीर्ष अभिनेत्रीमा वर्षा राउत अनुबन्धित भएकी छन् । बुधबार निर्माण कम्पनी र राउतबीच लिखित सहमति भएको छ ।
फिल्ममा राउतले अभिनेता खगेन्द्र लामिछानेको अपोजिटमा अभिनय गर्ने जनाइएको छ । पहिलोपटक खगेन्द्र र वर्षाले स्क्रिन सेयर गर्न लागेका हुन् । यो फिल्ममा अर्पण थापा पनि यसअघि अनुबन्धित भइसकेका छन् ।
फिल्मको छायांकन फागुन १५ देखि सर्लाहीमा हुने जनाइएको छ । फिल्मलाई पटकथा प्रोडक्सनले निर्माण गर्दैछ भने निर्देशक तथा निर्माताको रुपमा दीपेन्द्र छन् ।
यो फिल्म सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाको जीवनबारे प्रेरित हुने बताइएको छ । सर्लाहीमा लोकेसन हन्टिङ गरेर निर्देशक खनाल काठमाडौं फर्किएका छन् ।