पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

चन्द्रनिगाहपुरमा हास्यव्यङ्ग्य गाईजात्रा कार्यक्रम भव्यताका साथ सम्पन्न

२०८० भाद्र ११, सोमवार २३:१५ बजे

रौतहट–रौतहटको चन्द्रनिगाहपुरमा हास्यव्यङ्ग्य गाईजात्रा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
सोमबार चन्द्रपुर नगरपालिका वडा नम्बर चार चन्द्रनिगाहपुर स्थित होटल असोका प्लाजामा चन्द्रपुर उद्योग वाणिज्य संघको आयोजनामा हास्यव्यङ्ग्य २०८० सालको गाईजात्रा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । सो कार्यक्रममा हास्य कलाकारहरुले विभिन्न हास्यव्यङ्ग्य सामग्रीहरुलाई दर्शक माझ पस्केर रमाईलो गराएका थिए ।
सिङ्गो चन्द्रपुरबासीको बिभिन्न तनाव तथा शोक बिर्साउनका लागि हास्य व्यङ्ग्यात्मक कार्यक्रम अन्र्तगत गाईजात्रा कार्यक्रमको आयोजना गरिएको चन्द्रपुर उद्योग वाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटा (सुरेन) ले जानकारी दिएक छन् । सो कार्यक्रममा विभिन्न विधाका कलाकारहरुले व्यङ्ग्यात्मक गीत, नृत्य, अभिनयको प्रस्तुति दिँदै राजनीतिक, सामाजिक कुरीति माथि व्यङ्ग्य गरेर दर्शकलाई लठ्ठ बनाएका थिए ।
कार्यक्रममा गाइजात्राका हस्ती हास्यकलाकार मनोज गजुरेल सहित हास्यव्यंग्य शैलेन्द्र सिम्खडा,टीका भण्डारी, सुवोध गौतम, रुबिना अधिकारी, मेकसम गोडैल, सुन्दर खनाल, प्रभात लामा, सीता न्यौपाने लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको थियो ।