पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

आठौं पटक जिते मेस्सीले बालोन डी'ओर अवार्ड

२०८० कार्तिक १४, मङ्गलवार १०:५४ बजे

काठमाण्डौं- अर्जेन्टिना तथा इन्टर मियामीका फरवार्ड लियोनल मेस्सीले आठौं पटक पुरुष बालोन डी’ओर अवार्ड जितेका छन् ।

गत वर्ष कतारमा भएको विश्वकपमा आफ्नो देशलाई जिताउन मद्दत गरेपछि पेरिसमा आयोजित समारोहमा ३६ वर्षीय खेलाडीलाई सम्मान गरिएको थियो ।

मेस्सीले म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी’ओर अवार्ड जिते ।

विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ को हारमा ह्याट्रिक गर्ने दोस्रो व्यक्ति बनेका फ्रान्सका फरवार्ड केलियन एमबाप्पे तेस्रो भए ।

अवार्ड लिदैं मेस्सीले यस क्षणको मजा लिन यहाँ आउन पाउँदा खुसी लागेको कुरा व्यक्त गरेका थिए छ । 

बालोन डी'ओर अवार्ड वर्षको उत्कृष्ट फुटबलरलाई विश्वभरका १०० पत्रकारहरूको मतदानको सहयोगमा दिइन्छ।

अर्जेन्टिनालाई विश्वकप जिताउन मद्दत गर्नुका साथै इन्टर मियामीले आफ्नो पहिलो ट्रफी - लिग कप जित्दा मेसीले पनि महत्वपूर्ण भूमिका खेलेका थिए र मेजर लिग सकर पक्षका लागि १४ खेलमा ११ गोल गरेका थिए।

उनले यो सहित आठ पटक बालोन डी'ओर अवार्ड जितेका छन् भने यसअघि क्रिस्टियानो रोनाल्डोले यो अवार्ड पाँच पटक जितेका छन् ।