पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

आज केपी ओली ओलाङचुङ्गोला जाँदै

२०८० चैत्र २९, बिहीवार ०९:३० बजे

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज ओलाङचुङ्गोला जाँदैछन ।
समुद्री सतहबाट ५२०० मिटर उचाइमा रहेको ओलाङचुङ्गोलामा ओली जान लागेका हुन् ।
‘आज म ताप्लेजुङस्थित ओलाङ्चुङ्गोला जाँदै छु । ओलाङ्चुङ्गोला समुद्री सतहबाट ५२०० मिटर उचाइमा छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
ओलाङ्चुङ्गोला नजिकैको गोला गाउँको तस्विर राख्दै उनले सो जानकारी दिएका हुन, सो बस्ती जो ३२०० मिटर उचाइमा रहेको छ ।
‘यो शेर्पा बस्तीभन्दा माथि मानव बसोवास छैन । यहाँ धुपीसल्ला, लालीगुराँस, चिमल, भोजपत्र, सुनपातीजस्ता वनस्पति र चित्तल, घोरल, कस्तुरी, हिम चितुवा लगायत जीवहरु छन् । त्यहाँबाट फर्केपछि म तपाईंहरुलाई आफ्नो अनुभूति पनि वताउने छु ।’