पाठशाला न्यूज
 २०८१ वैशाख ३१, सोमवार    

चन्द्रपुर नगरपालिकाले खुलायो ६४ शिक्षकको आवेदन

२०८० श्रावण १५, सोमवार २०:५२ बजे

चन्द्रपुर–रौतहटको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।
नगरपालिकाले जारी गरेको सुचनामा माबि तहको लागी १३ जना,निमाबि तहको लागी २१ जना र प्राबि तहको लागी ३० जना शिक्षक माग गरिएको हो ।
चन्द्रपुर नगरपलिका नगर कार्यपालिकाको गत साउन ८ गतेको स्वीकृत स्वयंसेवक शिक्षक कोटामा नगर शिक्षा समितिको निर्णयानुसार सो संख्यामा शिक्षक माग गरिएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले जानकारी दिएका छन् । चन्द्रपुर नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक तथा करार शिक्षक र कर्मचारी छनौट सम्बन्धी कार्यविधि २०८० बमोजिम यस नगरपालिकाबाट विनियोजित बजेट अनुरुप शिक्षकको माग गरिएको नगर प्रमुख काफलेले बताएका छन् ।
यस नगर क्षेत्रभित्र संचालित विभिन्न सामुदायिक विद्यालयहरुबाट माग भएअनुसार करार सेवामा स्वयंसेवक शिक्षक पदपुर्ति गर्नुपर्ने नगरपालिका आफैले शिक्षक भर्ना गर्न लागेको उनको भनाइ रहेको छ । उनले चन्द्रपुर नगर क्षेत्रको गुणस्तरी उकास्नको लागी यो कार्यको थालनी गरिएको बताए ।
सो शिक्षक दरबन्दीमा इच्छुक योग्य नेपाली नागरिकहरुलाई आउदो साउन २६ गतेसम्म आबेदन दिन म्याद राखिएको चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरणनिधि तिवारीले जानकारी दिएका छन् । आवेदन फारम यस कार्यालयको शिक्षा, युवा तथा खेलकुद शाखाबाट प्राप्त गर्न सकिने र म्याद नाघी प्राप्त हुन आएका आवेदन उपर कुनै कारवाही नगरिने समेत उनले बताए ।