पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

गौर हत्याकाण्ड : संघर्ष समितिलाई वार्तामा बोलाईयो

२०८० श्रावण २०, शनिवार ०९:५९ बजे

काठमाडौं–सरकारले गौर हत्याकाण्ड पीडित संघर्ष समितिलाई वार्तामा बोलाएको छ ।
प्रधानमनन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव अर्जुन भण्डारीले विहिवार र संघर्ष समितिलाई पत्र पठाएर सम्वादमा आउन आग्रह गरेका हुन् ।
पत्रमा आन्दोलनबारे प्रधानमन्त्रीको ध्यानाकर्षण भएको र आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ता–सम्वादमा आउन आग्रह गरिएको छ । वार्ता शनिवार बिहान ८ बजेलाई तय भएको छ ।
गौर हत्याकाण्डका दोषीलाई कारवाही गर्न माग गर्दै रौतहटको चन्द्रपुरमा ८ दिनदेखि धर्ना जारी छ भने प्रदर्शन पनि भइरहेको छ ।