पाठशाला न्यूज
 २०८१ बैशाख २८, शुक्रबार    

अपराधीले उन्मुक्ति पाएको भन्दै वृहत विरोध प्रदर्शन

२०८० असार १४, बिहीबार २२:३७ बजे

चन्द्रपुर–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित न्याय नपाएको भन्दै स्थानीय बासिन्दाले बृहत बिरोध र्याली प्रर्दशन गरेका छन् ।
विहीवार चन्द्रनिगाहपुरमा गत ७ महिना अघि भएको सवारी दुर्घटनामा मृत्यु भएका १० वर्षीय बालक सम्राट तिमलसिनाको परिवारले न्याय नपाएको भन्दै स्थानिय बासिन्दाले बृहत बिरोध र्याली प्रदर्शन गरेका हुन् । मृतक बालकलाई तिमिल्सिनाका छिमेकी रमेश घिमिरेले चलाएको मोटरसाईकलले ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको थियो ।
मृतकका परिवार लगायत स्थानियहरुले न्याय दिनुपर्ने निकायले मुद्धामा विपक्षीलाई उन्मुक्ति दिएकाले न्याय हनन् भएको जनाउँदै कप्तानटोल देखि ईलाका प्रशासन कार्यालय हुँदै चन्द्रनिगाहपुरमा बृहद र्याली सहित विरोध प्रदर्शन गरेको मृतकको बुवा सन्तोष तिमिल्सिनाले जानकारी दिएका छन् ।
मृतकका बुबा तिमलसिनाले जिल्ला अदालत रौतहटमा गत मंसिर २९ गते घिमिरेलाई प्रतिवादी बनाई सवारी ज्यान मुद्दा दर्ता गरेका थिए । सो मुद्धामाथि जिल्ला अदालत,रौतहट गौरका न्यायाधिश गेहेन्द्रराज पन्तको ईजलासले आंशिक अभियोग दाबी पुग्ने भन्दै फैसला सुनाएको थियोे ।
प्रतिवादी घिमिरे ६ महिना जेल सजाय तथा दुई हजार रुँपैया जरिवाना बुझाएर कारागार मुक्त भएका थिए ।