पाठशाला न्यूज
 २०८१ आषाढ २०, बिहीवार    

फ्रान्स र नेदरल्याण्डस गोलरहित बराबरीमा रोकिए

२०८१ आषाढ ८, शनिवार ०७:१८ बजे

काठमाडौं- फ्रान्स र नेदरल्याण्डस जारी युरोकपमा गोलरहित बराबरी खेलेका छन् । गएराती सम्पन्न समुह डी अन्तर्गतको खेलमा फ्रान्स र नेदरल्याण्डस गोल रहित बराबरी खेलेपछि एक एक अंक बाँडेका छन् ।

अघिल्लो खेलमा नाकमा चोट लागेका फ्रान्सका किलीयन एम्बाप्पे भने यस खेलमा खेलेका थिएनन् ।

यो बराबरीपछि समुह डी मा नेदरल्याण्डसको २ खेलमा ४ अंक भएको छ र समुहमा शिर्ष स्थानमा छ भने फ्रान्सको पनि २ खेलमा ४ अंक नै रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।

अब फ्रान्सले समुह चरणको अन्तिम खेलमा जुन २५ मा पोल्याण्डसँग खेल्ने छ भने नेदरल्याण्डसले सोहि दिन अस्ट्रियासँग खेल्ने छ ।