पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

चन्द्रपुरमा वि.पी. कोईरालाको एक्चालिस औं स्मृति दिवसको अवसरमा वृक्षारोपण

२०८० श्रावण ६, शनिवार ११:३६ बजे

दिपु मिश्र
चन्द्रपुर–नेपाली काँग्रेस चन्द्रपुर नगर समितिले बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
शनिवार जननायक वि.पी. कोईरालाको ४१ औं स्मृति दिवसको अवसरमा चन्द्रपुर नगरपालिका वडा न ४ स्थित टेकान टोलमा रहेको वि.पी. वन वाटिका वरिपरि विभिन्न जातका फलफूल तथा बोटविरुवा गरी करिब दुई सय भन्दा बढी विरुवा रोपि बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । नेपाली काँग्रेस चन्द्रपुर नगर समितीको आयोजना तथा नेपाली कांग्रेस चन्द्रपुर वडा नम्बर ४ वडा कार्यसमितिको सहकार्यमा सम्पन्न भएको सो कार्यक्रममा जननायक वि.पी. कोइरालाको तस्विरमा अविर र फूलमालाले माल्यार्पण गरी सहभागी नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली व्यक्त गरिएको नेपाली कांग्रेस सूचना तथा सञ्चार विभागका केन्द्रीय सदस्य सुमन गौतमले पाठशाला न्युजलाई जानकारी दिएका छन् ।
नेपाली काँग्रेस चन्द्रपुर नगर सभापति मुकेश गिरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा मधेश प्रदेश सभाका पूर्व सदस्य धनलाल ठोकर, नेपाली काँग्रेसका नेता अन्नत कोईराला,नेपाली काँग्रेस मधेस प्रदेशका सदस्य सूर्य बहादुर थापा,नेपाली काँग्रेसका युवा नेता एवं महासमिति सदस्य देवराज कार्की, १४ औं महाधिवेशन प्रतिनिधि केदार थापा, सञ्चारकर्मी सञ्जय कार्की,महाधिवेशन प्रतिनिधी सुवाश कोइराला, तरुण दलका कार्य बाहक अध्यक्ष शोभित सिलवाल,नेविसंघ रौतहटका सभापति अधिकार लामिछाने,जन ज्योति बहुमुखी क्याम्पसका स्ववियु सभापति संगम श्रेष्ठ लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।