पाठशाला न्यूज
 २०८१ बैशाख २८, शुक्रबार    

वृन्दावन नगरपालिकाको सातौं नगरसभा सम्पन्न

२०८० असार ११, सोमबार ०९:४७ बजे

दिपु मिश्र

वृन्दावन–रौतहटको वृन्दावन नगरपालिकाको सातौं नगरसभा भव्याताका साथ सम्पन्न भएको छ ।
आइतवार वृन्दावन नगर कार्यपालिकाको कार्यालय विश्रामपुर स्थित नेरा प्राविमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको हो । वृन्दावन नगर प्रमुख विनोद प्रसाद कुर्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको नगरसभाले आर्थिक वर्ष २०८०/०८१ का लागि ६१ करोड भन्दा बढीको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
नगरसभाले नगरको समग्र विकासका लागि ६१ करोड ८९ लाख ५५ हजार रुपैयाँको आयव्यय सहितको बजेट प्रस्तुत गरेको छ । कार्यक्रममा आगामी वर्षको नीति तथा कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । २०८०\०८१ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सो बजेट प्रस्तुत गरिएको नगर प्रमुख विनोद प्रसाद कुर्मीले बताए ।
संघीय र प्रदेश सरकारको वित्तीय समानीकरण, विशेष अनुदान, शशर्त अनुदान, राजस्व बाँडफाँड, समपुरक अनुदान, आन्तरिक आय लगाएतको गरी सो रकम प्रस्तुत गरिएको नगर प्रमुख कुर्मीले बताए ।
शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको उनले बताए ।
संघियताको कार्यान्वयन गर्दै नगरवासीलाई स्थानीय सरकारको प्रत्याभुति दिलाउने, प्रकोप व्यवस्थापन गर्ने, विकास सुशासनको प्रत्याभुति दिलाउने, कृषि, पशु, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाईमा विशेष लगानी गर्ने, रोजगारीको अवसर श्रृजना गरी युवालाई विदेश प्लायन हुनबाट रोक्ने, पर्यटन प्रवद्र्धनका आयोजनाहरुको पहिचान र कार्यान्वयनमा तिव्रता दिने, सडक एवं अन्य भौतिक पूर्वाधार निर्माण कार्यको स्तरउन्नती गर्ने लगाएत कार्यलाई नगरपालिकाले आफना निती तथा कार्यक्रममा विशेष प्राथमिकता दिएको कुरा उल्लेख छ ।