पाठशाला न्यूज
 २०८१ बैशाख १८, मंगलबार    

उच्च अदालतको आदेशलाई चुनौती दिंदै केजरीवाल सर्वोच्चमा

२०८० चैत्र २८, बुधबार ११:५९ बजे

काठमाडौं- भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो गिरफ्तारी बारे दिल्ली उच्च अदालतले दिएको आदेशलाई सर्वोच्च अदालतमा चुनौती दिएका छन् ।

प्रवर्तन निर्देशनालय (इडी) ले केजरीवाललाई गत मार्च २१ मा पक्राउ गरेको थियो र उनी हाल न्यायिक हिरासतमा छन् ।

मंगलबार दिल्ली उच्च अदालतले अरविन्द केजरीवालको गिरफ्तारीविरुद्ध दायर गरेको याचिका खारेज गरेको थियो । अब केजरीवलले सो आदेशलाई सर्वोच्च अदालतमा चुनौती दिएका हुन् ।

यस मामिलामा तत्कालिन उपमुख्यमन्त्री मनिष सिसोदिया, सञ्जय सिंहलाई समेत पक्राउ गरिएको थियो । तर, गत हप्ता सर्वोच्च अदालतले राज्यसभा सांसद सञ्जय सिंहलाई जमानतमा रिहा गर्ने आदेश दिएको थियो ।