पाठशाला न्यूज
 २०८१ वैशाख ३१, सोमवार    

सिडियो मिश्रले घटाउनुभयो प्राविधिक शिक्षाको शुल्क

२०८० श्रावण ११, बिहीवार २०:५७ बजे

रौतहट–रौतहटको देवाही गोनाही नगरपालिकाको धरहरी स्थित जय किसान बहु प्राविधिक शिक्षालयमा तिन बर्षे ओभरसियर, आईटी र कृषि क्षेत्रमा अध्ययन गर्न लाग्ने शुल्कमा कटौती गरिएको छ ।
विहिवार जिल्ला प्रशासन कार्यालय रौतहटमा जय किशन बहु प्राविधिक शिक्षालयका संचालक समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षतामा बसेको बैठकबाट दुई बुंदे निर्णय गरिएको हो ।
पहिलो निर्णयमा शुल्क परिमार्जन गर्न राखिएको प्रस्तावलाई मध्यनजर राख्दै गरिव, असहाय, दलित समुदायको विद्यार्थीहरु समेत अध्ययन गर्न अवसर पाउन भन्ने उद्देश्यबाट तिन बर्षे डिप्लो तथा प्रमाण पत्र तहका कार्यक्रमहरुमा अन्य शिक्षालय विच एकरुपता र दोस्रो निर्णयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग, डिप्लोमा इन इम्फोर्मेशन टक्नोलोजी तथा प्रमाण पत्रको कृषि बाली विज्ञान कोर्षका लागि लाग्दै आएको ९८ हजारबाट घटाएर तिन बर्ष सम्म अध्ययन गर्न ५० हजार शुल्क कायम गरिएको छ ।
स्थानीय सरोकारवालाहरु सहित जिल्लाबासीको अनुरोधलाई मध्यनजर राख्दै ९८ हजार लाग्दै आएको शुल्कबाट घटाएर ५० हजार कायम गरिएको जानकारी दिदै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले गरिव, असहाय, दलित, एवं पिछडिएका समुदायका विद्यार्थीहरुलाई सहज रुपमा अध्ययन गर्ने अवसर पाउने विश्वास व्यक्त गरे ।
सो बैठकमा प्रवेश परिक्षा लिन र नतिजा प्रकाशन गर्न शिक्षालयका प्रिन्सिपल एवं सदस्य सचिवलाई सम्पूर्ण कार्यक्रमहरु यथाशिघ्र संचालन गराउन जिम्मेवारी तोकिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जानकारी दिएको छ ।