पाठशाला न्यूज
 २०८१ बैशाख १४, शुक्रबार    

एमाले परित्याग गरि दर्जनौ कार्यकर्ता काग्रेंसमा प्रबेश

२०७९ कार्तिक २९, मंगलबार १७:०५ बजे

दिपु मिश्र
चन्द्रपुर–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ स्थित बनबहुअरीमा १ दर्जन भन्दा बढि कार्यकर्ताहरु नेकपा एमाले परित्याग गरि नेपाली काग्रेंसमा प्रबेश गरेका छन् ।

मंगलबार आयोजित एक कार्यक्रम बिच बनबहुअरीमा १ दर्जन भन्दा बढि कार्यकर्ताहरु नेकपा एमाले परित्याग गरि नेपाली काग्रेंसमा प्रबेश गरेका हुन् । एमालेका नगर सदस्य रहेका स्थानीय नेता तथा समाजसेवी रामऔतार चौधरी सहित १ दर्जन भन्दा बढि कार्यकर्ताहरुले काग्रेंसमा प्रबेश गरेका छन् । उनिहरुलाई निवर्तमान सांसद तथा नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका उम्मेद्वार देव प्रसाद तिमल्सिनाले पार्टीमा स्वागत गर्दै लोकतन्त्र रक्षाका लागि सबै नेता तथा कार्यकर्ता अग्रसर हुनुपर्ने धारणा ब्यक्त गरे ।

सो कार्यक्रममा देवानन्द चौधरी,गोबिन्द चौधरी,मनिश फनैत,दिपेन्द्र दास थारु,मुस्कान चौधरी,पर्शुराम चौधरी,रामसहाय चौधरी,लक्ष्मण माझी,रामेस्वर माझी,प्रकाश चौधरी,अनिल चौधरी लगायत १ दर्जन भन्दा बढि कार्यकर्ताहरुले एमाले त्यागेर कांग्रेसमा प्रबेश गरेको नेपाली कांग्रेस चन्द्रपुर नगर सभापति मुकेश गिरीले जानकारी दिएका छन् ।