पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

एसिसि प्रिमियर कप बिजेता यु-१९ नेपाली क्रिकेट टोलीका खेलाडीलाई भव्य स्वागत

२०८० कार्तिक ९, बिहीवार १४:४५ बजे

काठमाडौं- एसीसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोली बिहीबार बिहान स्वदेश फर्किएको छ। 

मलेसियामा सम्पन्न भएको उक्त खेलको फाइनलमा नेपालले मंगलबार क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा भएको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १९ रनले हराउँदै उपाधि जितेको थियो। 

उपाधी जितेर फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य अञ्जन धमला, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलगायतका पदाधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरे। 

प्रतियोगिताभरिका सबै खेल जित्दै प्रियिमर कपको उपाधि जितेको नेपाल एसिया कप खेल्नका लागि छनोट भएको छ।