पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

मेयर राजेशमान सिंहको विरुद्ध पुनः अर्को जाहेरी

२०८० फाल्गुन १, मंगलबार ०९:०९ बजे

जलेश्वर सर्राफ 

वीरगंज- वीरगंज महानगरका मेयर राजेशमान सिंहको विरुद्ध पुनः अर्को जाहेरी दर्खास्त दर्ता भएको छ ।

किर्तेगरि बनाईएको नागरिकता छानबिन भईरहे कै बेला मेयर राजेशमान सिंह माथि सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा सरकारी कागजात समेत किर्ते गरेको भन्दै जाहेरी दर्ता भएको हो ।

वीरगंज महानगरपालिका वडा नं ३ निवासी नेकपा एमालेका प्रदेश सदस्य लियाकत अलिले मेयर सिंहले बुवा भनेर नागरिकता दिलाएको रुबिना भट्टराई श्रेष्ठकी आमा रिता भट्टराईले मेयर सिंहको बचाउमा अदालतमा पेश गरेको कागजात समेत फर्जी रहेको प्रमाण सहित जाहेरी दर्ता गरेका हुन् ।

रिता भट्टराईकी छोरी रुबिनाको जन्मदर्तामा हस्ताक्षर गरेका तत्कालीन पञ्जिकाधिकारी भिखारी रायले आफ्नो नाम र हस्ताक्षरको दुरुपयोग गरी किर्ते गरेर जन्मदर्ता प्रमाणपत्र बनाएको एक भिडियो सार्वजनिक गरी बताएका छन्।

१२,८२७ दर्ता नं रहेको उक्त जाहेरी दरखास्त बुझ्दै प्रहरीले आवश्यक अनुसन्धान गरी वास्तविकता बुझि कानुन बमोजिम कारबाही प्रक्रिया अगाडी बढाउने प्रतिबद्धता तथा आश्वासन व्यक्त गरेको छ ।