पाठशाला न्यूज
 २०८१ बैशाख २८, शुक्रबार    

पिडितलाई नै थुनाउछु भन्ने धम्किसहित सांसद तिमिल्सिनाले निकाले ध्यानाकर्षण पत्र

२०८० असार १०, आईतबार २०:५३ बजे

चन्द्रनिगाहपुर–रौतहट क्षेत्र नम्बर ४ का संघिय सांसद देव प्रसाद तिमिल्सिनाले ध्यानाकर्षण पत्र निकालेका छन् ।
आईतबार पिडितलाई न्याय दिलाउन न्यायको लागि लड्नुको सट्टा उल्टै पिडितलाई थुनाउछु भन्ने किसिमको धम्किसहित सांसद तिमिल्सिनाले ध्यानाकर्षण पत्र निकालेका हुन् । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ कप्तानटोलमा बिगत ६ महिना अगाडि बिना लाईसेन्स र ब्लुबुक नभएका रमेश घिमिरे नाम गरेको मोटरसाईकल चालकले १० बर्षिय बालक सम्राट तिमल्सिना लाई ठक्कर दिदा सो बालकको घटना स्थलमै मृत्यु भएको थियो ।
जिल्ला अदालत रौतहटले पिडकलाई ६ महिना कैद र २ हजार जरिवाना गरि उन्मुक्ति दिएको भन्दै शनिबार सामाजिक संजाल टिकटकमा मृतक बालककी आमाले ३ मिनेटको भिडियो पोष्ट गर्दै सांसद तिमिल्सिनाको नाम जोड्दै न्यायको लागि गुहार मागेकी छिन् ।सो भिडियो रातारात लाखौं व्यक्तिको सामु पुगेपछि सांसद तिमिल्सिना काठमाण्डौ पुगेर उल्टै पिडितलाईनै आफ्नो ध्यानाकर्षण पत्र मार्फत कडा कार्वाही गरि पाउ भन्ने अभिव्यक्ति दिएका छन् । सामाजिक संजालमा पोष्ट गरिएको सो अभिव्यक्तिप्रति पिडितको गाउबासी खेम बोलखेले प्रतिक्रिया दिदै लेख्छन् माननीयज्यू को अरु कुराहरु त त्यस्तै यस्तै हो, उक्त घटनामा आफ्नो बालक गुमाएकी ती आमा र उनको परिवारले ठूलो गल्ती गरे,सकिन्छ भने उनीहरुलाई जेल हालिदिऊ, टन्टै साफ !!! होइन भने पीडाको आक्रोशमा बोलिएका कुरालाई सकारात्मक रुपमा लिएर पीडित पक्षको चित्त बुझाउन पहल गर्नु पनि त माननीयज्यूको कर्तव्य होला नि ? कि कसो !!!
यता नेपाली कांग्रेस चन्द्रपुर नगरसमितिले संघिय सांसद देव प्रसाद तिमिल्सिनाको व्यक्तित्व र पदिय मर्यादालाई आघात पुग्ने गरि गरिएको निराधार र कपोलकल्पीत प्रचारबाजी भन्दै बिज्ञप्ती निकालेका छन्।
पिडित पक्षलाई पाठशाला न्युजले प्रतिक्रिया सोध्दा सांसद तिमिल्सिनाले बारम्बार न्यायदिलाउने भन्दा बढि मिलापत्रको प्रस्ताव ल्याएर हामिलाई घेराबन्दीमा राखेको जानकारी दिए । फैसलाहुने मितिनै थाहा नदिई झुक्याएर फैसला गराईएको बताएका छन् । क्षतिपुर्ति बुझाईएको सन्दर्भमा पिडितलाई न्याय दिलाउने आश्वासन दिलाई सांसद तिमिल्सिनाकै पहलमा रकम बुझ्नलगाई झुक्याईएको पिडित पक्षले आरोप समेत लगाएका छन् । न्याय नपाएसम्म आफुहरु न्यायको निम्ती लडिरहने समेत पिडितले प्रतिक्रीया दिएकी छिन् ।
एक दिन अगाडि पिडित आमाले सामाजिक संजाल टिकटकमा @sarupokhreltimals को ह्याण्डलमा अभागी ममी नामको आईडीबाट पोष्ट गरिएको सो भिडियोमा ४५ हजार भन्दा वढि रियाक्ट,५ हजार भन्दा बढि प्रतिक्रीया र ६ हजार ८ सय ९३ भन्दा बढिले सेयर गरिएको पाईएको छ ।

टिकटक लिङ्क सहित–

https://vt.tiktok.com/ZSLBJ2Rg1/