पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

एनएमबि बैंकले किन्यो १ अर्ब २१ करोडको जग्गा

२०८० आश्विन १४, आइतवार १४:४६ बजे

काठमाडौं–एनएमबि बैंक लिमिटेडले १ अर्ब २१ करोड ३९ लाख ६८ हजार रुपैयाँ बराबरको जग्गा खरिद गरेको छ ।
बैंकको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौं महानगरपालिका वडा नम्बर १ स्थित कुल क्षेत्रफल १०५ दशमलव ५६२५ आना जग्गा तथा सोमा रहेको संरचना सहित खरिद गर्ने निर्णय गरेको थियो ।
बैंकले कर्पोरेट कार्यालय भवन निर्माण गर्ने उद्देश्यले जग्गा खरिद गरेको हो । आफ्नो नाममा नामसारी \दाखिल खारेज भएपश्चात् रकम भुक्तानी गर्ने बैंकले जनाएको छ ।