पाठशाला न्यूज
 २०८१ बैशाख २८, शुक्रबार    

चन्द्रपुरमा साउन ६ गते रास्वपाको प्रथम नगर भेला हुने

२०८० श्रावण ३, बुधबार २१:२९ बजे

रौतहट–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चन्द्रपुर प्रथम नगर भेला हुने भएको छ ।
आउँदो साउन ६ गते चन्द्रपुर नगरपालिका वडा नम्बर–४ स्थित पशुपति होटलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चन्द्रपुर प्रथम नगर भेला हुने भएको हो । सो भेला रास्वपाका युवा नेता तथा माननिय मनिषा झा,सह–महामन्त्री एवं संगठन बिभाग प्रमुख कविन्द्र बुर्लाकोटीको आतिथ्यतामा सम्पन्न गरिने नगर भेलाका संयोजक तथा रौतहटका निर्वाचित क्षेत्रिय सदस्य जनकराज भारतीले जानकारी दिएका छन् ।
भेलामा रास्वपाको केन्द्रीय सदस्य दिपक बोहोरा, मधेस प्रदेश सभापति ईन्जिनीयर तपेश्वर यादव,प्रदेश महामन्त्री मनिष साह,प्रदेश प्रवक्ता रन्जित राम र जिल्ला संयोजक प्रदिप साह समेतको सहभागिता रहने कार्यक्रम संयोजक भारतीले जानकारी दिएका छन् ।
संयोजक भारती र रास्वपाका नेता उदय सापकोटा (सुरेन) ले रास्वपाका आस्थावादी सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई भेलामा सहभागि हुन् आग्रह गरेका छन् ।