पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

आमिरको आगामी फिल्म ‘लक्ड’ डिसेम्बरमा रिलिज हुने

२०८० भाद्र १२, मङ्गलवार २३:५९ बजे

काठमाडौं–बलिउड अभिनेता आमिर खानको कमब्याक तय भएको छ । सन् २०२४ को क्रिसमसमा उनको फिल्म रिलिज हुने पक्का भएको बलिउड हंगामाले जनाएको छ ।
‘लाल सिंह चड्डा’ बक्स अफिसमा पूर्णतः असफल भएपछि आमिरले अभिनयबाट केही समयका लागि विश्राम लिएका थिए । उनको आगामी फिल्म ‘लक्ड’ भएको समाचारमा उल्लेख छ । अब भने दर्शकले आमिरको नयाँ फिल्मलाई सन् २०२४ को डिसेम्बर २० मा हेर्न पाउनेछन् । उनले यसबाहेक अन्य फिल्मका लागि पनि काम गरिरहेको जनाइएको छ ।
आमिर खान प्रोडक्सनले निर्माण गर्ने यो फिल्म उनको होम प्रोडक्सनको १६ औं फिल्म हुनेछ । यो फिल्म अहिले प्रि–प्रोडक्सन चरणमा छ । सन् २०२४ को जनवरीमा छायांकन सुरु हुने तयारी छ । यसबाहेक आमिरले स्पेनी फिल्म ‘क्याम्पियोन्स’को हिन्दी रिमेक पनि बनाउनेछन् । उनले ‘जय जय जय हे’को रिमेक, प्रीतम प्यारे, लपता लेडीज र लभ टुडेको निर्माण पनि गरिरहेका छन् ।
हालै उनले उज्वल निकमको बायोपिक निर्माण गर्न म्याडक फिल्म्सका दिनेश विजनसँग हात मिलाइरहेको खबर आएको थियो । जबकि ‘क्याम्पियन्स’ (शीर्षक च्याम्पियन्स) बनाउन उनले फरहान अख्तरसँग सहकार्य गर्नेछन् । तर यो स्पष्ट छैन कि माथिका कुन फिल्ममा उनले अभिनय गर्नेछन् ।