पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको ६ महिना जेल सजाय थप

२०८० चैत्र १५, बिहीबार १४:२३ बजे

ढाका : बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को ६ महिना थप गरेको छ । बंगलादेशको गृह मनत्रालयले बुधबार एक सूचना जारी गर्दै जेल सजाय थपिएको जनाएको छ ।
मन्त्रालयले थप गरिएको अवधिमा खालेदा जियाले आफ्नो मुलुक छाड्न पाउँदिनन् । मन्त्रालयले खालेदाले बंगलादेशमै स्वास्थ्योपचार गराउनुपर्ने पनि जनाएको छ ।
सन् २०२० यता पूर्वप्रधानमन्त्री खालेदाको जेल सजाय थप गरिएको यो छैटौँपटक हो । कोरोना महामारीको समयमा मानवीय कारण देखाउँदै बंगलादेश सरकारले २०२० मार्चमा अस्थायी प्रयोजनका निम्ति खालेदालाई जेलमुक्त गरिदिएको थियो ।
बंगलादेश नेसन्लिस्ट पार्टीका अध्यक्ष समेत रहेकी उनी २०१८ देखि जेलमा छिन् । बंगलादेशको एक अदालतले उनीमाथि विदेशबाट प्राप्त सहायता रकम हिनामिना गरेको आरोपमा सात वर्षको जेल सजाय तोकेको थियो । खालेदामाथिको जेल सजाय राजनीतिकप्रेरित रहेको विपक्षी दलले आरोप लगाउँदै आएको छ ।